WEDNESDAY JUN 24, 2026

काहुँकोटमा पर्यटन सम्बन्धि वृहत अन्तरक्रिया हुने

स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा […]

गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन् । पोखरा […]

मुख्यमन्त्री पोखरेल– अस्ट्रेलियन राजदूत भेट, संघीयता सुदृढीकरणमा सहकार्य गरिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच […]

कृषकको पाखोबारीमै पुगे मेयर आचार्य

पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका […]

श्रीपति पत्रकारिता पुरस्कारबाट बास्तोला सम्मानित हुने

श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी […]

आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण

सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धी एक दिने अभिमुखिकरण मंगलबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोशिश र सिबिएम ग्लोवलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण भएको […]

महावीर पुनलाई गण्डकी रत्न सम्मान अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई […]

अनेसासको केन्द्रीय अध्यक्षमा गोवर्द्धन पूजा निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् । यही असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट […]

पोखरामा हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सफल बनाउन प्रतिवद्धता

पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ सफल बनाउन सहभागिहरुले प्रतिवद्धता जनाएका छन् । प्रतियोगिताको तयारी स्वरुप पोखरामा आइतबार सम्पन्न बैठकमा सहभागिहरुले उक्त प्रतिवद्धता ब्यक्त […]

ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेललको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा […]