WEDNESDAY JUL 29, 2026

गायक सागर शाहको ‘विर्सु भन्छु’ सार्वजनिक (भिडियो सहित)

 पचासको दशकमा ‘जाउँ है कान्छी पोखरामा’ भन्ने लोकपप गितबाट सांगितिक क्षेत्रमा चर्चामा आएका गायक एवं संगीतकार एनजे सागर शाह ‘विर्सु भन्छु’ वोलकोे गितको म्युजिक सार्वजनिक भएको छ ।

ऋषभ् फिल्मस्ले निर्माण गरेको उक्त भिडियोमा चर्चित अभिनेतृ केकी अधिकारी, अदृश गुरुङ, राजेन्द्र अधिकारी ‘अपुर्ण’, कृष्ण रानाभाट, प्रविण पुन, लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायाङ्कनमा प्रकाश गुरुङ ‘काश’, ड्रोन क्यामेरामा विकास ताम्राकार ‘विकु’, एरेन्जरमा राजेश क्षेत्री, रिकर्डिङ एण्ड मिक्सिङमा सिजन वज्राचार्य रहेका छन् । गौरी तमुको रचनामा रहेको सो गीतमा एनजे सागर शाहको स्वर तथा संगित रहेको छ ।

प्रेम वियोगमा आधारित आधुनिक गित ‘विर्सु भन्छु’ गितको निर्देशन तथा सम्पादन नेत्र गुरुङले गरेका छन् ।

Facebook Comments