MONDAY JUL 11, 2022

अनेसासको केन्द्रीय अध्यक्षमा गोवर्द्धन पूजा निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् ।

यही असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मत लिएर जित हासिल गरेका हुन् भने वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएर जित हासिल गरे ।

यसैगरी समाजको क्षेत्रीय उपाध्यक्ष (एसिया) मा डा. रेणु सोलु ५८७ मतका साथ विजयी भएकी छन् । महासचिवमा विमला निरौलाले ४६० मत ल्याएर जित हासिल गरेकी छन् ।

क्षेत्रीय उपाध्यक्ष (अमेरिका) राजेन्द्र के श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष (युरोप) सीता देवी बास्तोला बराल, क्षेत्रीय उपाध्यक्ष (ओसिआनिया) महेश्वर शर्मा, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरु क्रमशः सरिता अर्याल (नेपाल), सुदीप भद्र खनाल (अमेरिका), सुमित गिरी (जापान), तारा अधिकारी (अमेरिका), यादव देवकोटा (पोर्चुगल) निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments