Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
दोस्रो सेभेन ए साइड भिमकाली कपको तयारी पुरा – Naulo Khabar
SUNDAY APR 20, 2025

दोस्रो सेभेन ए साइड भिमकाली कपको तयारी पुरा

सुशान्त गाहा मगर । “स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागि भिमकाली युथ क्लब” भन्ने नाराका साथ भोलीदेखी सञ्चालन हुने दोस्रो सेभेन ए साइड भिमकाली कपको सम्पुर्ण तयारी पुरा भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल भिमकाली युथ क्लबको आयोजनामा बैशाखको १६ देखी २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्ने प्रतियोगिताका अर्थ संयोजक अनिश गुरुङले बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार पाउने जानकारी दिए ।

गुरुङले प्रतियोगितामा बिधागत पुरस्कारको ब्यवस्था रहेको बताउदै उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित एक थान डिस होम सेट प्रदान गर्ने बताए ।

त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, उत्कृष्ट डिफेण्डरलाई जनही ५ हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्परको साथमा प्याराग्लाइडिङ फ्लाइटको ब्यवस्था गरिएकोे गुरुङको भनाई छ ।

गुरुङका अनुसार प्रतियोगितामा सहभागी टिमहरु मध्येबाट एक अनुशासित टिमलाई शिल्ड तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पोखरा लेखनाथ महानगरपालिका–ं १ पुरानो टुडिखेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विरभद्र जंग गुल्मका गुल्मपति मेजर जनमत कार्कीको समन्वयमा गुल्मी युनाइटेड सहित ६६ टिमको टिम दर्ता भैसकेको प्रतियोगिताका संयोजक ईश्वर गुरुङ (चन्द्र) ले बताए ।

प्रतियोगितामा द्धित्तिय पुरस्कार पवित्र गणेश हार्डवयरले सौजन्य गरेको छ भने स्व. मनोज गुरुङको सम्झनामा खुिशमान गुरुङद्धारा नगद रु ५० हजार तथा कोरिया, जापान, बेलायत, फ्रान्स, हङकङ, अष्ट्रेलिया, पोर्चुगल, अमेरिका तथा बहराइन लगायतका देशमा रहेका क्लबका पूर्व सदस्यहरुले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेका छन ।

Facebook Comments