Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
श्रीपति पत्रकारिता पुरस्कारबाट बास्तोला सम्मानित हुने – Naulo Khabar
SUNDAY APR 20, 2025

श्रीपति पत्रकारिता पुरस्कारबाट बास्तोला सम्मानित हुने

श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ ।

गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए ।

श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो । श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भैसकेका छन् ।

सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । यस्तै, पत्रकार कृष्णप्रसाद बास्तोला ४२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । विभिन्न सामाजिक संस्थामा पनि आवद्ध उनी स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।

श्रीपति कोइरालाको प्रतिमामा माल्र्यापण गरी सुरु ११५ औं श्रीपति जयन्ती कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले श्रीपतिको योगदानको चर्चा गर्दै पुरस्कारको लागि छनोट भएका संस्था र व्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।

गुठी अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष फणीन्द्रराज कोइरालाले स्वागत तथा सचिव नव राज कोइरालाले सञ्चालन गरेका थिए । विस ं १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा २०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार तथा छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments