FRIDAY OCT 04, 2024

हाथवे फाइनान्सको तेस्रो त्रैमासिक विवरण सार्वजनिक

हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७७ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेप १३ करोड ७१ लाख एक हजार रुपैया संकलन गरेको बैंकले कर्जामा २२ करोड ८१ लाख ६८ हजार रुपैंया लगानी गरेको छ ।

धरानको भानुचोकमा प्रधान रहेको फाइनान्सले धरान, हेटौडा र सिन्धुपाल्चोकबाट सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments