MONDAY OCT 13, 2025

मृगौलापीडित ओसनाको उपचारमा आर्थिक अभाव

५ भदौ, पोखरा । २७ वर्षिया ओसना विकमा विगत दुुई महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी छिन् ।

म्याग्दीको धवलागिरी गाउँ पालिका–२, लुलाङ स्थायी घर भई हाल पोखरा–२५, हेमजामा भाडामा बस्दै आएकी विकलाई माओवादीको पोखरा महानगर कमिटी र वडा कमिटीबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।

धौलागिरी कास्की दलित सम्पर्क समाजको वार्षिक साधारण सभाका अवसरमा सविधान सभा सदस्य दुर्गाकुमारी विकको उपस्थितिमा वडा कमिटीका अध्यक्ष महादेव अधिकारीले नगद छ हजार रुपैयाँ पीडित ओसना विकलाई हस्तान्तरण गरका हुन् ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारमा थप उपचार गर्न सक्ने अवस्थामा नभएकाले सहयोग गरिदिनका लागि सम्पर्क समाजले आग्रह गरेको छ ।

पोखराको मणिपाल र काठमाडौंको नेशनल किड्नी अस्पतालमा उपचार गराउँदा चल अचल सम्पत्ति सकिएको र थप उपचारमा रकम अभावले पीडित परिवार थप पीडित बनेको आफन्त डिलसरा नेपालीले बताइन् ।

सहयोगको अपेक्षासहित पीडितका नाममा प्रभु बैंकमा ०१३०२३३३७२६०००१७ नम्बरको खाता सञ्चालन गरिएकाले पीडितलाई सहयोगको गरी जीवन बचाइदिन गाउँपालिकालेसमेत आग्रह गरेको छ ।

Facebook Comments