Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
महायज्ञको चौथो दिनसम्म ४१ लाख बढी संकलन – Naulo Khabar
SUNDAY APR 20, 2025

महायज्ञको चौथो दिनसम्म ४१ लाख बढी संकलन

श्रीभद्र पौडेल । घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञको चौथो दिन शुक्रवारसम्म आइपुग्दा रु.४१ लाख ५६ हजार सात सय उनान्असी दान संकलन भएको छ ।

चौथो दिन शुक्रवार मात्रै रु.११ लाख २७ हजार सात सय दुई संकलन भएको छ। जसअनुसार सबैभन्दा बढी घाचोक निवासी हरिदत्त पोखरेलको परिवारबाट रु.चार लाख चार हजार चार सय ४४ दान भएको छ ।

त्यसैगरी घाचोकका तोयनाथ लम्साल बैरागीको परिवारबाट रु. एक लाख एक हजार एक सय ११, माछापुच्छ्रे बैक बगर शाखाबाट रु. ६० हजार, घाचोक निवासी बालकुमारी पोखरेलबाट ५२ हजार दुई सय ५२, घाचोक निवासी दिप्सन पोखरेलबाट ५१ हजार एक सय ११, माछापुच्छ्रे गाउँपालिका १ हाल बेलायत निवासी डिलरास तथा शोभा तमुबाट ५१ हजार, प्रभू बैंक लिमिटेड माछापुच्छे« गाउँपालिका शाखाबाट ३० हजार, भारती भवन मा.वि पुरुन्चौरले रु.२५ हजार एक सय दान गरेका छन ।

त्यस्तै घाचोक निवासी पदमलाल अधिकारीबाट तुलादान र नगद गरी रु.२३ हजार एक सय पाँच, घाचोक स्थित मिलिजुली आमा समूहले रु.२१ हजार एक सय १५, घाचोककै दिनानाथ लम्सालको परिवारबाट रु.२१ हजार एक सय ११, अन्नपूर्ण गाउँपालिका तान्चोक निवासी कुलशोभा गुरुङबाट रु.२० हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय ल्वाङबाट २० हजार पाँच पनि प्राप्त भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आ–आफ्नो गक्ष अनुसारको दान गरेको आयोजकको भनाई छ ।

सुरुको दिनको तुलनामा पछिल्ला दिनमा यज्ञमा भक्तजनको सहभागिता तथा दान उठ्ने क्रम समेत बढेर गएको प्रचारप्रसार संयोजक कृष्ण दवाडीले बताए । यज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरिरहेका छन । यज्ञ यहि बैशाख १८ गतेसम्म चल्ने छ ।

Facebook Comments