
२१ असोज, स्याङ्जा । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत मंगलवार ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बैंकले १२ दिनका लागि उक्त तरलता खिच्न लागेको जनाएको छ ।
बजारबाट पैसा निकाल्न बैंकले बैंक तथा वित्तीय संस्थालाई मंगलवार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकको भनाइ छ ।
Facebook Comments