WEDNESDAY AUG 12, 2026

चौधरी ग्रुपद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्त प्रत्येक शहीद परिवारका एकलाई रोजगारी घोषणा

२२ असोज, पोखरा । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेका छन्।

‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौं,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौं, पुनर्निर्माण गर्ने छौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौं ।’

सीजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको र यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति  पुर्‍याइएको चौधरी ग्रुपले जनाएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा तत्कालीन सरकारको अकर्मण्यताका ७६ जनाले सहादत प्राप्त गरेका थिए ।

Facebook Comments