MONDAY OCT 13, 2025

सहकारी प्राधिकरणले स्थलगत निरीक्षण गर्ने

२२ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण एकसाथ गर्ने भएको छ।

सरकारले सहकारी क्षेत्र नियमन गर्न अध्यादेशमार्फत सहकारी ऐन २०७४ संशोधन गरेसँगै संशोधित ऐन अनुसार प्रधिकरणले बचत तथा ऋण सहकारी संस्थाको दर्ता, नियमन तथा सुपरिवेक्षण गर्न लागेको हो ।

प्राधिकरणले पहिलो चरणमा सञ्चालनमा रहेका सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण र सम्पर्कमा आएका सहकारीको स्थलगत निरीक्षण गर्ने तयारी गरेको जनाइएको छ ।

सहकारी कसरी काम गरिरहेका छन् र यो क्षेत्रमा राम्रो भनिएका संस्थाको कार्यशैली कस्तो छ भनेर बुझ्न पनि संस्थागत सुशासन राम्रो भएका संस्था छनोट गरिने भएको हो ।

कुनै पनि संस्थामा समस्या छ भन्ने आएको खण्डमा त्यसलाई प्राथमिकतामा राखेर स्थलगत निरीक्षण गरी समस्याग्रस्त घोषणा गरेका बाहेक सबैलाई अनुगमनको दायरामा ल्याउन ऐनले तोकिदिएको छ ।

Facebook Comments