नवौँ राष्ट्रिय खेलकुद : राखेप सदस्य सचिव टंक लाल घिसिङद्धारा प्रतियोगिता सफल भएकामा आभार प्रकट
राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए ।
प्रतियोगिता सफल भएकामा सद्स्य सचिव घिसिङले सबैप्रति आभार व्यक्त गरे । गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्चमूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।
नेपाल सरकारका युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्ननसकेका पूर्वाधार निर्माणमा विशेष ध्यानदिनआग्रह गरे ।उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुदपत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।
गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा आर्मी च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।