FRIDAY SEP 04, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाको राहत

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धारका लागि विभिन्न संघसंस्थाले सहयोग जम्मा गरिरहेका छन् । जसका लागि आदर्श युवा क्लब पोखरा-२९ ले चारलाख सहयोग घोषणा गरेको छ। क्लबले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताको बचत रकममध्येबाट उक्त सहयोग गर्न लागेको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
यसैगरी, लेखनाथ उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकेको छ भने संघले विभिन्न सहयोग सामग्रीसमेत संकलन गरिरहेको छ ।
यस्तै सहयोग गर्नेमा भण्डाढिक खल्यार्ड तमु समाज पोखरा २९ ले समेत रहेको छ । समाजले एक लाख १७ हजार ६ सय २५ सहयोग गरेको छ । समाजले आफ्ना सदस्य तथा विभिन्न पदाधिकारीबाट संकलन गरी बचत भएको रकमबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष अरुणकुमार गुरुङले जानकारी दिए । यसैगरी पद्म नर्सिङ्ग होम नदीपुर पोखराले एकलाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जुनियर रेडक्रस सर्कल त्रिभुवन शान्ति मावि लेखनाथले बाढीपीडितलाई २५ हजार तीन सय ५५ सहयोग प्रदान गरेका छन् ।

गत भदौ १० गते बुधबार बिहान भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्।

Facebook Comments