SUNDAY AUG 16, 2026

सिर्जना साहित्य सदन घाचोकको अध्यक्षमा मेनका

सिर्जना साहित्य सदन घाचोकको हालै सम्पन्न १४ औं अधिवेशनले साहित्यकार मेनका आचार्य पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष पदम नेपाल, सचिव राजाराम पोखरेल, कोषाध्यक्ष मीनादेवी सुवेदी, सहसचिव राधिका अधिकारी लम्साल रहेका छन् । यसैगरी सदस्यमा दुर्गादत्त पोखरेल, राजाराम पौडेल, क्रान्तिरमण पोखरेल, शशि अधिकारी निर्वाचित भएका छन् ।

२८ वर्ष अगाडि स्थापना भएको संस्थाले माछापुच्छे« गाउँपालिका क्षेत्रमा रहेर नेपाली वाङ्मयको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउँदै आइरहेको छ ।

संस्थाले वार्षिक मुखपत्रका रूपमा ‘सिर्जना’ साहित्यिक पत्रिका प्रकाशित गर्नुका साथै विशेष सन्दर्भ तथा अवसरमा विशेषाङ्क प्रकाशन तथा साहित्यिक पुरस्कारसमेत सञ्चालन गर्दै आएको छ ।

अधिवेशनपछि नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गर्दै अध्यक्ष शिवप्रसाद पोखरेलले लामो गरिमा बोकेको संस्थाले पहिलो पटक महिला नेतृत्व प्राप्त गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

Facebook Comments