पोखरा प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ
पोखरा प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएपछि उपकुलपति, सदस्य-सचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्यलाई कुलपति प्रतीक्षाले पद तथा गोपनीयताको सपथ गराइन् ।
प्रतिष्ठानमा भाषा तथा साहित्यबाट कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’, कला तथा साहित्यबाट उपकुलपति तिलक पुर्जा पुन मगर तथा लोकगीत-सङ्गीतबाट सदस्य-सचिव जीवन दाहाल रहेका छन् ।
त्यस्तै, प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजङ्ग गुरुङ, ललितकलातर्फ हरेराम जोजीजू, सङ्गीततर्फ दिलीप गायक, रङ्गमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन रहेका छन् । प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रविन्द्र माकाजु, रिता पहारी, शिवहरि ढुङ्गाना रहेका छन् । पोखरा घरस्थित प्रतिष्ठानको कार्यालयमा पदभारसमेत ग्रहण गरेका छन् ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले विभिन्न विधाका सर्जक, कलाकार तथा साहित्यकारलाई एउटै संस्थागत संरचनामा जोड्दै पोखराको प्राज्ञिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउने विश्वास नगर प्रमुख धनराज आचार्यको रहेको छ ।
Facebook Comments