SUNDAY JUN 21, 2026

जनज्योति भू.पू. विद्यार्थी मञ्चको नेतृत्वमा कृर्तिवल्लभ त्रिपाठी

जनज्योति भू.पू. विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो ।

कृर्तिवल्लभ त्रिपाठीको नेतृत्वमा कार्यसमितिको उपाध्यक्षमा श्यामप्रसाद तिमिल्सेना, सचिवमा गुरुप्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए । यस्तै, कार्यसमिति सदस्यमा चन्द्रा शर्मा, नारायणप्रसाद त्रिपाठी, लिलामोहन कुइकेल, प्रविण नेपाली, किरणराज तिमिल्सेना, सागर अधिकारी र रचना भुजेल रहेका छन् ।

कार्यक्रममा प्रमुख अथिति विद्यालयका पूर्व प्रधानाध्यापक पुष्पराज पौडेलले विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासमा भू.पू. विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले आपसी एकता, भाइचारा र सहकार्यलाई सधैं निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान नगर प्रमुख मानबहादुर जिसीले माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिएको बताउँदै ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धारणा राखे ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मञ्चका सल्लाहकार हरिप्रसाद त्रिपाठी, स्कुलका जग्गादाता तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर पौडेल स्कुलका पूर्व प्र.अ. माधवप्रसाद पौडेल, पोखरा-२८ कि वडा सदस्य डाल्डादेवि भुजेल, स्कुलका जग्गादाताकतर्फबाट सुरेन्द्र अधिकारी जनज्योति मा.वि.का प्र.अ. उत्तमकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दातालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको सन्चालन सचिव गुरुप्रसाद त्रिपाठीले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका सह-सयोजक श्यामप्रसाद तिमल्सेना गरेका थिए । २०१६ सालमा स्थापना भएको जनज्योति मा. विद्यालय २०२६ सालदेखि एस.एल.सी. परीक्षामा समावेश हुँदै आएको थियो । भू.पू. विद्यार्थी मञ्चले २०८२ पौष १० गते कानूनी मान्यता प्राप्त गरेको थियो ।

Facebook Comments