FRIDAY MAY 01, 2026

पोखरा जेसीजको जेसीज सप्ताहन्त वैशाख १८ गतेदेखि

पोखरा जेसीजले ‘परिष्कृत युवा, सशक्त नेतृत्व’ मूल नाराका साथ वैशाखको तेस्रो साता जेसीज सप्ताहन्तको आयोजना गर्ने भएको छ ।

सप्ताहन्तको अवसरमा वैशाख १८ गतेदेखि २० गतेसम्म  विभिन्न कार्यक्रम गर्ने जनाएको हो । १८ गते कार्यक्रमको उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम गर्ने र सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाहरूका लागि वित्तीय साक्षरता सहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं पोखरा जेसीजका उपाध्यक्ष ई. रविन्द्र गोदारले जानकारी दिए ।

वैशाख १९ गते हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी कास्कीको मादी गाउँपालिका वडा नं. ९, मिजुरेमा बृहत् निःशुल्क आँखा शिविर आयोजना हुनेछ।

वैशाख २० गते रक्तदान कार्यक्रम र विजनेस आइडियासम्बन्धि कार्यक्रम गरिने संयोजक गोदारले बताए ।

नवप्रवर्तनकारी सोच भएका युवालाई प्रोत्साहन गर्ने उ‌द्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष सुमन पहारीले जानकारी दिए ।
प्रचारप्रसार समिति संयोजक संजय थापाले युवा लक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धी गराउन सहयोग पुग्ने बताए । पोखरा जेसीज वर्ष २०२६ का अध्यक्ष सुमन पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव संजय पौडेलले गरेका थिए ।

Facebook Comments