MONDAY OCT 13, 2025

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको सर्भरको ठेक्का ग्रन्थ नेटवर्कलाई

१७ भदौ, पोखरा । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका लागि सर्भरको स्पेयर पार्टस खरिदको ठेक्का ग्रन्थ नेटवर्क प्राइभेट लिमिटेडले पाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै गत २०८२ असार ३० मा प्रकाशित बोलपत्र आह्वान सम्बन्धी सूचना बमोजिम प्राविधिक र आर्थिक रूपमा उक्त कम्पनी छनौटमा परेको जनाएको छ ।

कम्पनीले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको सर्भरको स्पेयर पार्टस खरिदका लागि तीन करोड ५३ लाख ९२ हजार आठसय रुपैयाँ मूल्य अभिवृद्धि करसहित ठेक्का पाएको हो ।

बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भइ सार्वजनिक खरिद ऐन २०६३ को २७ (१) बमोजिम उक्त कम्पनी छनौट भएको हो ।

Facebook Comments