WEDNESDAY JUN 24, 2026

लेउवा संघमा रोजगार संवाद मञ्च

स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुलीले स्थानीयस्तरमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताइन् ।

उनले स्थानीय निकायका रोजगार सेवा केन्द्रबाट बेरोजगारीको सूचीकृत गरी स्थानीय संघसंस्था, उद्योगी व्यवसायीसँग समन्वय गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिइन् ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले अबको चरण आर्थिक विकासको चरण भएको बताउँदै त्यसका लागि उत्पादनमा वृद्धि गर्न जरुरी रहेको बताए ।

युवाश्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत नवराज सुवेदी र पोखरा महानगरपालिका श्रम तथा रोजगार शाखा प्रमुख विष्णुप्रसाद दाहालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीयस्तरमा रोजगारीका अवसर र सम्भावनाबारे जानकारी गराएका थिए । समारोहमा संघका महासचिव भरतराज ओझा र सदस्य वीरेन्द्रराज भुर्तेलले पनि बोलेका थिए ।

प्लम्बिङ तथा सिलाइकटाइ तालिम समापन

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने अर्थात ३९० घण्टे प्लम्बिङ तथा सिलाइकटाइ तालिम समापन भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना र संघको समन्वयमा सम्पन्न तालिममा केन्द्र पोखराका प्रमुख अनिल सुवेदीले सिकेका सीपको व्यवहारमा उपयोग गरी उद्यमशील एवं रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह गरे । कार्यक्रममा तालिम उप–समिति संयोजक सुजन न्यौपानेले तालिमको महत्त्वबारे प्रकाश पारेका थिए ।

Facebook Comments