MONDAY JUN 22, 2026

कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङलाई तमु धिं नेपालको सम्मान

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई पोखरामा तमु धिं नेपाललगायतका तमु संघ संस्थाले स्वागतसहित सम्मान गरेका छन् ।

गुरुङसहित धर्मपत्नी रिता थापा गुरुङलाई तमु धिं नेपाल, बौद्ध अर्घौं सदन, हिमाली साँस्कृतिक परिवार, तमु कलाकार संघ गण्डकी प्रदेश, गोर्खाली रेडियो, गुरुङ फिल्म एशिसियशन नेपाल जिफान, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु धिं नेपालका भातृ संगठनहरू, जिल्ला, पालिका र क्षेत्रीय तमु समाजले नौमती सम्मान गरेका हुन् ।

नेपालभर हालसम्म तेस्रो र कास्कीमा पहिलो तमु समुदायबाट प्रमुख जिल्ला अधिकारी प्राप्त गर्नु तमु समुदायका लागि गौरवको विषय भएको जानकारी गराइयो ।

प्रमुख जिल्ला अधिकारी गुरुङले तमु धिं नेपाल तथा सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै कानून भन्दा माथि कोही नहुने बताउँदै कास्की जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए ।
उनले निजामती सेवामा गुरुङ समुदायका युवाको प्रवेशलाई प्रोत्साहन गर्न समाज, यस्तै संघसंस्था र अभिभावकले प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जुना गुरुङले गरेकी थिइन् ।

Facebook Comments