MONDAY OCT 13, 2025

गुरुहरूको सम्मान

गुरू पूर्णिमाको अवसर पारेर गुरुलाई सम्मान गरिएको छ।

विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरबाट २०२९ सालको प्रवेशिका  उत्तिर्ण विद्यार्थीले विशेष कार्यक्रमका साथ गुरुहरूको सम्मान गरेका हुन्।

सम्मानित हुने गुरुहरूमा नरहरि भट्टराई, शालिग्राम अधिकारी, शिवप्रसाद पराजुली, ईन्द्रबहादुर थापा, हरिलाल तिमिल्सिना र भानुभक्त पौडेल रहेको शिक्षासेवी लेखनाथ लामिछानेले जानकारी दिए ।

सम्मानित गुरूले शिक्षादिक्षा दिएर विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका आफ्ना पुर्व विद्यार्थीको सम्मानले विगतको स्मरण गराएको बताए । साथै, ५० वर्षपछि पाएको सम्मानले जीवनमा थप उर्जा मिलेको भन्दै प्रशंसासमेत गरे ।

गुरू जीवित देवता भएकाले सम्मान गरिएको तत्कालीन जिल्ला विकास समिति कास्कीका सदस्य हुतराज शर्माले बताए ।

सो व्याचका अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा दीपक पौडेल, हुतराज शर्मा, शान्तिरमण पौडेल, होमनाथ आचार्य, निरबहादुर बानियाँ लगायतकाले आफ्ना धारणा राखेका थिए । त्यसअवसरमा गुरूप्रति समर्पित कवितावाचन समेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन सचिव लेखनाथ लामिछाने  र स्वागत सदस्य चिनप्रसाद गुरुङले  गरेका थिए ।

Facebook Comments