Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
आई एन एफ नेपाल ७० औं वर्षमा – Naulo Khabar
THURSDAY MAR 27, 2025

आई एन एफ नेपाल ७० औं वर्षमा

एक विशेष समारोहका बीच आई एन एफ नेपाल को ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि नै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भन्नुभयो, नेपालमा आई एन एफ स्थापनाको सत्तरी वर्ष सम्म आईपुग्दा नेपालका ग्रामिण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । उहाँले अगाडी भन्नुभयो, पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आई एन एफ नेपालसंग सहकार्य गरि अघि बढ्नेछौं ।

कार्यक्रमका सभापति एवम् आई एन एफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदान सहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिनुभयो । कार्यक्रममा आई एन एफ नेपालका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै आई एन एफ का संस्थापकहरुको स्मरण गर्नु भएको थियो ।

कार्यक्रममा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफ नेपालका गतिविधी र दीर्घकालीन योजनाका बारेमा प्रस्तुती राख्नु भएको थियो । संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुण कुमार बुढाले आई एन एफ नेपालको स्वास्थ्य सेवा लगायत हरियोखर्क अस्पतालका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिद्धय आई एन एफ इन्टरनेशनलका अध्यक्ष फिल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापितले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका पुर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा.पे्रम सुवेदी, डा.दीपेन्द्र गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि, सभापति, कार्यकारी निर्देशक लगायतबाट आई एन एफ नेपालमा विगत १० वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै भारतमा आयोजित अन्र्तराष्«िटय व्हीलचियर प्रतियोगितामा सहभागी कर्मचारी सुरेश गौलीलाई सम्मान गरियो ।

वार्षिकोत्सवकै सन्दर्भमा गत कार्तिक ४ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतमा एक बिशेष समारोहको आयोजना गरी संस्थालाई उल्लेख्य योगदान पुु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई कृतज्ञतापत्र र सम्मानपत्र प्रदान गरिएको थियो । सोही प्रकृतिको कार्यक्रम नेपालगन्ज र सुर्खेतमा समेत आयोजना गरिएको थियो ।

त्यसैगरी संस्थाले कार्तिक २९ गते दातृ निकाय, पार्टनर तथा पुर्व एवम् वर्तमान विदेशी स्वयंसेवक कर्मचारीहरुलाई एक छुट्टै समारोह बीच सम्मान गरेको थियो । संस्थाको इतिहास र गतिविधि समेटिएको अङ्रेजी र नेपाली भाषाका दुई वार्षिकोत्सव पुस्तक प्रकाशनमा ल्याएको छ । ४५० भन्दा बढी कर्मचारी रहेको संस्थाले स्थापनाको ७० औं वार्षिकोत्सवका क्रममा वर्षभरि विभिन्न प्रकृतिका ७० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएकोे जनाएको छ ।

वि. सं २००९ सालमा स्थापित आई एन एफ ले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पु¥याउदै आइरहेको छ । सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसंगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments