SUNDAY APR 26, 2026

महेन्द्र मावि घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा

पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ ।

विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठनपाठनसहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए ।

१९ नम्वर वडाका अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयका शैक्षिक गतिविधीलाई निरन्तरता दिनुपर्ने बताउँदै त्यसका लागि वडा शिक्षा समितिले आवश्यक समन्वय सहित तयारी गरेको बताए । उनले विपत व्यवस्थापन अन्र्तगत खानेपानी र शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए । पूर्व वडाध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक शोभामोहन पौडेलले विद्यालयमा विपन्न विद्यार्थीका लागि खाजा व्यवस्थापनमा सहयोग गर्ने बताए ।

निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेलले विश्राम गृह निर्माण र पुरस्कार व्यवस्थापनका लागि स्रोत सुनिश्चित गर्न भूमिका खेल्ने स्पष्ट पारे ।
भेलामा सल्लाहकार सदस्य राम प्रपन्नाचार्य ऋषि गुरुले विद्यालयमा खानेपानीका लागि ट्यांकी उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेले विद्यालयको आर्थिक स्रोत व्यवस्थापन, जन्मोत्सव कोष र शैक्षिक विकासका लागि विभिन्न कार्य योजना प्रस्तुत गरेका छन् । उनले सबै पक्षको समन्वयबाट मात्रै विद्यालयको व्यवस्थित विकास गर्न सकिने बताउँदै, सहयोगको अपेक्षा गरे ।

Facebook Comments