MONDAY OCT 13, 2025

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पूरा

८ भाद्र, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी पूरा भएको छ ।

हरितालिका तीजको अवसरमा वडा कार्यालय पोखरा–१६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिको आयोजनामा यही भदौ ९ र १० गते ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पूरा भएको कार्यक्रम संयोजक वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिइन् ।

स्थानीय बाटुलेचौर खेल मैदानमा हुने मेलाको सोमबार पोखरा महानगरपालिकाका उप मेयर मञ्जुकुमारी गुरुङले उद्घाटन गर्ने र मंगलबार मेलाको समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मेलाका प्रचारप्रसार संयोजक मोहन थापाले जानकारी दिए ।

मेलामा ख्याति प्राप्त लोकदोहोरी गायक रामजी पौडेल, कृष्ण सुवेदीका साथै सन्ध्या बिसी र गणेश ढकालको सांस्कृतिक प्रस्तुति रहने सहसंयोजक मञ्जु नेपालीले जानकारी दिइन् । मेलालाई व्यवस्थित गर्न मूल समिति र विभिन्न आठ उपसमिति क्रियाशील छन् ।

Facebook Comments