SUNDAY JUN 14, 2026

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको वृक्षारोपण 

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा-२८ कालिकामा वृक्षारोपण गरिएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका विरुवा रोपिएको हो ।

एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फल तथा फुलहरूका विरूवा रोपिए।
कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले एशोसियसन सामाजिक कार्यमा सक्रिय रहेको बताए ।

लामिछानेले मन्दिर परिसरमा वृक्षारोपण गर्नाले मन्दिरको सौन्दर्यलाई झनै थप उजागर गर्ने बताउँदै एशोसियसनसँग पोखरा-२८ ले सहकार्य गरेर आगामी दिनमा विभिन्न कार्यक्रम गर्न सकिने बताए ।

कार्यक्रममा एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले एशोसियसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि विविध कार्यक्रम गर्दै आएको बताए ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले एशोसियसनको वार्षिक कार्यक्रम पर्यावरणतर्फको वृक्षारोपण कार्यक्रम गरिएको जानकारी गराए ।

कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका सल्लाहकार राधिका पौडेल गाउँ सुधार समूहका कोषाध्यक्ष तथा बुद्धिजिवी माधवप्रसाद पौडेललगाएतले बोले ।

कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमनसिह गुरुङले कार्यक्रम सन्चालन गरेका थिए ।

कार्यक्रममा एशोसियसनद्वारा मन्दिर समितिलाई दुई थान डसविनसमेत हस्तान्तरण गरिएको थियो ।

Facebook Comments