MONDAY MAY 18, 2026

ज्येष्ठ नागरिक पोखरा १९ को अध्यक्षमा माधव

ज्येष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधवप्रसाद पौडेल चयन भएका छन् । समाजको छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा तीलकुमारी कार्की, सचिवमा ढाकामोहन पौडेल, कोषाध्यक्षमा हरी गौतम र सदस्यमा धरेन्द्र नारायण पौडेल, मित्रलाल बास्तोला, पोषराज पौडेल, मैया पौडेल, प्रेमप्रसाद तिवारी, नबिना गौतम, कमल आचार्य र रुपा केसी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ज्येष्ठ नागरिकका अधिकार र सेवा, सुरक्षाका सम्बन्धमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले समाजमा सदाचार निर्माणका लागि ज्येष्ठ नागरिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै, उनीहरूका अनुभवबाट पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए ।

समाजका अध्यक्ष पद्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विकासकुमार आचार्य, दुर्गादेवी बस्नेत, कल्पना सुनार, जेष्ठ नागरिक सरोकार समाजका अध्यक्ष नारायण सुवेदी, आजीवन सदस्य मित्रलाल बास्तोलालगायतले ज्येष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरुका सीप र अनुभवलाई समाज निर्माणमा लगाउनुपर्ने बताए ।

कार्यक्रममा २००४ सालदेखि २००७ सालभित्रका ३८ ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । सभाले कोषाध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो ।

समाजका आजीवन सदस्य गोविन्दप्रसाद काफ्लेले समितिमा जनजाति र दलिततर्फबाट दुई सदस्य पछि मनोनित गरिने जानकारी दिए ।

Facebook Comments