विन्ध्यवासिनी मा.वि.मा विद्यार्थीलाई सम्मान
माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले बधाईसहित सम्मान गरेको छ ।
विद्यालयका ८२ विद्यार्थीमध्ये २९ जनाले ‘ए’, २१ जनाले ‘बी प्लस’, २ जनाले ‘बी’ तथा ४ विद्यार्थी नन ग्रेडेड भएका थिए ।
३.९५ जिपिए ल्याएका समृद्ध घिमिरे, क्रिवास गुरुसहितका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, प्रभानाध्यापक कृष्णप्रसाद आचार्य, सहायक प्रअ शिवप्रसाद सापकोटालगायतले सम्मान गरे । कार्यक्रममा प्रधानाध्यापक आचार्यले विद्यालयले निरन्तर रुपमा सफलता प्राप्त गरेको बताउँदै, संस्थागत विद्यालयका लागि पनि उदाहरण बन्ने गरेको बताए ।
दश जोड दुई संयोजक माधव अधिकारीले कसैको दबाब भन्दा पनि विद्यार्थीले आफ्नो लक्ष्यकासाथ उच्च शिक्षामा विषय रोजेर अध्ययन गर्न सुझाव दिए ।
विज्ञान विभागका प्रमुख सुमन बस्नेतले विषय छनोट गर्ने अधिकार विद्यार्थी स्वयंमा रहेको स्पष्ट पार्दै, पछिल्लो प्रविधिलाई अगाल्ने गरी शैक्षिक उपलब्धि हासिल गर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल,अभिभावक विमला ढकाल, विद्यार्थी गणेश शर्मा, रजिना छन्त्याललगायतले बोलेका थिए ।
सो अवसरमा होस्टल वार्डेन र विषयगत शिक्षकलाई पनि सम्मान गरिएको सूचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा सामाजिक विषय विभाग प्रमुख कृष्णप्रसाद पौडेल र आईसिटी विषय प्रमुख खेमराज पौडेलले पनि आफ्ना धारणा राखेका थिए ।
