FRIDAY MAY 15, 2026

विभेद अन्त्य र समान शिक्षाका लागि विश्वकर्मा वैदिक गुरुकुलको अवधारणा

प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा शिल्पी समुदायका बालबालिकालाई सनातन संस्कृति अध्ययनका लागिआवासीय गुरुकुल स्थापनार्थ सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

विश्वहिन्दू महासंघ राष्ट्रिय समितिका सदस्य, शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष तथा विश्वकर्मा समाज नेपालका संस्थापक गणेश बराईलीले सनातन धर्म रक्षार्थ विश्वकर्मा पण्डितबाट कर्मकाण्डी कार्य गर्दै आएको बताए । उनले शिल्पी पण्डित गुरुको ज्ञान र क्षमतालाई चुस्त बनाउन धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका बालबालिकालाई सनातन संस्कृति अध्ययनका लागि आवासीय गुरुकुल स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

विश्वहिन्दू महासंघ केन्द्रीय सदस्य विश्वकर्मा मन्दिर नवलपुरका संस्थापक नरबहादुर सेन्चुरीले गुरुकुलमा दलित विद्यार्थीहरू पनि जातीय विभेदरहित तवरले पढ्नका लागि विश्वकर्मा वैदिक प्रतिष्ठान एवम गुरुकुल स्थापना हुनुपर्ने बताए।

युवा ज्योतिष चन्द्रकान्त पौडेलले जातीय विभेद अन्त्य गर्न र धार्मिक अनुष्ठानमा दलित सहभागी हुन, जनजाति परिवारबाट संस्कृत पढ्न पाउनुपर्ने र त्यसको लागि आँफै लड्नुपर्ने धारणा राखे । कार्यक्रममा विश्वकर्मा महिला समितिका अध्यक्ष कौशिला वराइली र अशोक घिमिरेले पनि बोलेका थिए ।

Facebook Comments