सुकुम्बासी तथा अव्यवस्थित बसोबास सरोकार समिति गठन
पोखरामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास सरोकार समिति गठन भएको छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भूमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको भेलाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको वैकल्पिक व्यवस्थापन विना हटाउन नदिई घरधुरी बचाउन शनिबार बोलाइएको भेलाले राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको संयोजकत्वमा ३५ सदस्यीय सरोकार समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा रमेश बलकोटी, सचिवमा राजनकुमार गुरुङ, सहसचिवमा कमल खड्का, कोषाध्यक्षमा बेलमाया गुरुङसहित ३० सदस्य समिति गठन गरेको छ । समितिको सल्लाहकारमा ओमबहादुर पौडेल, राम लामिछाने, अर्जुन मल्ल र डिलबहादुर गुरुङ रहेका छन् ।
समितिले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न सम्बन्धित निकायमा समन्वय गर्ने बताइएको छ ।
