TUESDAY APR 21, 2026

पौडेल परिवारद्वारा छात्रवृत्ति कोष स्थापना

पोखरा–२५, पौडेलथर निवासी शिक्षासेवी कृष्णप्रसाद पौडेल परिवारले छात्रवृत्ति कोष स्थापनाका छन् । पौडेल परिवारले आमा राधिका पौडेलको स्मृतिमा गौरीशंकर बहुमुखी क्याम्पसमा ५५ हजारको कोष स्थापना गरेको हो ।

पौडेल परिवारले क्याम्पस सञ्चालक समिति अध्यक्ष रमा त्रिपाठी एवं क्याम्पस प्रमुख मानबहादुर कार्कीलाई उक्त रकम हस्तान्तरण गरे ।

अध्यक्ष त्रिपाठीले कोषको सदुपयोग हुने विश्वास दिलाउँदै यसबाट गरिब तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने औँल्याइन् ।

क्याम्पस प्रमुख कार्कीले पौडेल परिवारको सदासयता क्याम्पसले पाएकोमा खुशी व्यक्त गर्दै क्याम्पस सञ्चालनमा सहयोग गर्ने सरोकारवाला सबैमा आग्रह गरे ।

पौडेल परिवारले ६ वर्ष पहिले पनि पृथ्वीनारायण क्याम्पस, नेपाली विभागमातहत रहने गरी ७५ हजार राशिको ‘शालिकराम-कृष्ण पौडेल छात्रवृत्ति कोष’ स्थापना गरेका छन् । उक्त कोषबाट हरेक वर्ष नेपाली विभागले एक जनालाई नगदसहितको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Facebook Comments