TUESDAY SEP 15, 2026

१४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यस वर्ष निर्यातको वृद्धिदर आयातको तुलनामा झण्डै ५ प्रतिशतले बढी देखिनु सकारात्मक पक्ष देखिएको छ ।

गत साउनदेखि चैत मसान्तसम्म निर्यात १८।४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँको मात्र निर्यात भएको थियो। निर्यातमा सुधार देखिए पनि आयात निकै ठूलो हुँदा व्यापार घाटाको चुनौती भने कायमै छ। ९ महिनामा कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ, जसमा इन्धन र खाद्यान्नको हिस्सा सबैभन्दा बढी छ।

Facebook Comments