मुस्लिम आयोगको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
मुस्लिम आयोगले वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख समक्ष पेस गरेको छ ।
आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पेस गरे ।
संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे ।
प्रतिवेदनमा उल्लेख गरिएका विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने प्रदेश प्रमुख भट्टले बताए।
आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि, आगामी योजना, पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गरे ।
