SATURDAY MAY 09, 2026

हेमजा युनाइटेडद्वारा न्यानो कपडा तथा स्टेशनरी वितरण

हेमजा युनाइटेड  पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको  लागि स्टेशनरी सामग्री र न्यानो कपडा (स्विटर, टोपी) वितरण गरेको हो ।  विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकताबारे जानकारी दिँदै क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले  वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको बताए ।  जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे  । प्रविधि युक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि युनाईटेड परिवार सँगै रहने प्रतिबद्धता समेत गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकरी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान  अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्दकुमारी पुनलगायतले बोलेका थिए ।
क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय  उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।

Facebook Comments