कास्कीभित्र सञ्चालन हुने कार्यक्रमका लागि अनिवार्य स्वीकृति लिनुपर्ने
असोज २९, पोखरा ।जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने जनाएको छ।
प्रशासनले बुधवार सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो।
अब कुनै पनि सभा, समारोह, मेला तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुअघि आयोजकले स्थानीय तहबाट स्वीकृति लिनुपर्ने र शान्ति-सुरक्षा सुनिश्चित गर्न कार्यक्रमको विवरण पनि प्रशासनलाई उपलब्ध गराउनुपर्ने छ।
प्रशासनले कार्यक्रम सञ्चालनको स्वीकृति प्रमाणपत्र र संस्था दर्ता प्रमाणपत्र प्रतिलिपिसमेत पेश गर्नुपर्ने जनाएको छ।
Facebook Comments
