नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि
२७ असोज, पोखरा । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासको सैन्य शाखाले जोशीसहित चारजना बन्धकहरू इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव इजरायललाई बुझाउने भएको हो ।
हमासले सोमवार जीवित २० जनालाई मुक्त गरेको थियो ।
हमासले सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको दोस्रो दिन ७ अक्टोबरको आक्रमणमा इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए । उनीहरू गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।
आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । हमासले बन्धक बनाएको एक महिनापछि सन् २०२३ नोभेम्बर १७ विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमवार जीवित नरहेको जानकारी इजरायली अधिकारीले दिएका थिए।
