MONDAY OCT 13, 2025

इजरायल-हमास युद्धविराम सहमति, हमासद्वारा बन्धक विपिन जोशीको पुरानो भिडियो सार्वजनिक

२३ असोज, पोखरा । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् ।

इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सैन्य अभियान सुरु गरेको थियो । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीसहित झण्डै एक हजार दुई सय जना मारिएका थिए ।

आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई अपहरण गरेर लगेको थियो । उनको अवस्था अझै थाहा हुन सकेको छैन । विपिनको बुधवार पुरानो भिडियो सार्वजनिक भएको छ ।

इजरायली गुप्तचर अधिकारीले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको ३३ सेकेन्डको एउटा भिडियो बुधवार साँझ सार्वजनिक गरेका छन् ।

हमासको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण जारी राख्दा झण्डै हजार व्यक्ति मारिएका छन् थिए । त्यसअघि पछि सुरु भएको  युद्धविराम सम्झौतालाई ठूलो सफलता मानिएको छ ।

हमासले यो साता नै सबै २० जना जीवित बन्दीलाई मुक्त गर्ने र इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुने जनाइएको छ ।

यस सम्झौताको पालना गरिरहेसम्म पुन: आक्रमण सुरु नहुने बताइन्छ ।

https://www.facebook.com/asafalj

 

Facebook Comments