पोखराको पूरा बजारमा कर्फ्यु आदेश

२४ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा पूरा बजारमा कर्फ्यु आदेश जारी गरेको छ ।
पोखरामा जेनजीको आन्दोलन चर्कदै गएपछि पोखरामा स्थानीय प्रशासनले सोमवार पनि कर्फ्यु लगाएको थियो ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी ओदशमा पोखरा आसपासका चार किल्ला निर्धारण गरेर सिंगो पोखरा बजारमा कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले माइकिङ गर्दै आफ्नो पसल बन्द गर्नसमेत आग्रह गरेको छ ।
सोमबार भने प्रशासनले शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म मात्र कर्फ्यु लगाएको थियो ।
Facebook Comments