TUESDAY MAR 05, 2024

नेपाल मगर संघ बैदामको साधारणसभा तथा अधिवेशन सम्पन्न अध्यक्षमा अ.क्या. चिन बहादुर थापा मगर

नेपाल मगर संघ कास्की बैदाम इकाई समितिको १७औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ ।

संघको सो अधिवेशनले आगामी २ वर्षको लागि अ.क्या. चिन बहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खड्क बहादुर थापा मगर र शान्ति थापा मगर, सचिवमा लोक बहादुर राना मगर, कोषाध्यक्षमा जीवन कुमार थापा मगर, सह सचिवमा ज्ञान बहादुर थापा मगर, सह कोषाध्यक्षमा चन्द्र बहादुर थापा मगर, सदस्यहरुमा ओम थापा मगर, खुम बहादुर थापा मगर, टंक बहादुर थापा मगर, मोहन थापा मगर, मन्ना राना मगर, दिलमाया थापा मगर, गौरी थापा मगर र जना आले मगर चयन भएका छन् ।

उक्त साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष राम बहादुर थापा मगरले गर्नुभएको थियो । सभामा बोल्दै अध्यक्ष मगरले कला र संस्कृतिमा धनि मगरहरु आफ्नो कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा एक ढिक्का भई लाग्न सम्पूर्ण मगरहरुलाई आग्रह गर्नुभएको थियो ।

सभामा अध्यक्ष अ.क्या. चिन बहादुर थापा मगरले संघको वार्षिक कार्यप्रगति विवरण तथा भावि योजना, सचिव लोक बहादुर राना मगरले सचिवको प्रतिवेदन र कोषाध्यक्ष जीवन कुमार थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संघको अध्यक्ष अ.क्या. चिन बहादुर थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको सचिव लाल बहादुर राना मगर, संघको सल्लाहकार सु. राम बहादुर थापा मगर र संरक्षक मेजर प्रेम बहादुर थापा मगर, खड्क बहादुर थापा मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव लोक बहादुर राना मगरले गर्नुभएको थियो ।

Facebook Comments