TUESDAY MAR 05, 2024

सिटी वान टेलिभिजनको नियमित प्रसारण शुभारम्भ

पोखराको नयाँवजारमा रहेको सिटीवान टेलिभिजनले आफनो नियमित प्रसारण सुरु गरेको छ । टेलिभिजनको एक विशेष समारोहका विच सोमबार उद्धघाटन सम्पन्न भयो । 

आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो नेपालको राजनीतीमा संचार क्षेत्रले पुराएको योग्दान अविष्मरणीय रहेको उल्लेख गर्नु भयो । 

रेडीयो नेपालबाट सुरु भयो नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिष्चीत गर्ने काममा निकै अगाडी रहेको बताउनु भयो । सताको विरोध गर्दै जनताको पक्षमा ओकालत गर्नु पर्ने वताउनु भयो । यो सिटी वान टेलीभीजनले मिडियाको प्रतिष्पर्दामा आफुलाई अव्वल ठहराउनु पर्ने चुनौती थपीएको भन्दै नेता तथा सरकारको चाटुक्कारक तर्फ मिडिया लाग्न नहुने बताउनु भयो । 

विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य  खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुनेगरी राजनीती गर्न अनुरोध गर्नु भयो । पुर्व स्वाथ्य मन्त्री समेत रहेका अधिकारीले आम नागरीकको स्वतन्त्रताको लागी पनि मिडियाले ठुलो भुमीका रहेको भन्दै पछिल्लो समय न्यायलयमा रवैया देखिएको प्रति आपती जनाउनु भएको थियो । 

टेलीभीजनका अध्क्षय पवन प्रजापतीले यो कोरोना कहरका विचमा पनि टेलिभीजन संचालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याउन यो टेलिभीजन संचालन गरेको बताउनु भयो । 

सिटीवान टेलीभिजनले आफ्ना कार्यक्रमहरु विभीन्न सामाजीक संजाल तथा मोवाइल एप , वेभसाइड मार्फत हेर्न सकिने टेलीभीजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनु भयो । । कार्यक्रममा पत्रकार पोखराका विभीन्न उद्योग व्यवसायी , सामाजीक अगुवाहरु लगाएतको उपस्थीती रहेको थियो । 
Facebook Comments