Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
बोक्सी कु–प्रथा बिरुद्धको अभियान तराई केन्द्रीत – Naulo Khabar
SUNDAY APR 20, 2025

बोक्सी कु–प्रथा बिरुद्धको अभियान तराई केन्द्रीत

श्रीभद्र पौडेल । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले आफ्नो बोक्सी कु–प्रथा बिरुद्धको अभियानलाई तराईका जिल्लामा केन्द्रीत गरेको छ ।

बोक्सी कु–प्रथा पहाडी तथा हिमाली क्षेत्रमा भन्दा तराई क्षेत्रमा बढी रहेको ठहर गर्दै प्रतिष्ठानले आफ्नो अभियानलाई तराई केन्द्रीत गरेको जनाएको हो ।जसअन्र्तगत पछिल्लो पटक प्रतिष्ठानले निर्माण गरेको सामाजिक शिक्षामुलक चलचित्र ‘अग्निदहन’लाई प्रदेश नं. १ को सुनसरी तथा प्रदेश नं.२ को जनकपुरमा प्रदर्शन गरिएको छ।

आफ्नै गाउँले २४ वर्षीया बबितादेवी महत्तालाई स्थानीयले बोक्सीको आरोपमा यहि जेठ २२ गते कुटपिट गरेको स्थान सुनसरीको हरीनगर गाउँपालिका स्थित रामनगर, भुटाहा भन्ने ठाउँमा सयौं गाउँलेका माझ यहि जेठ २४ गते उक्त चलचित्र प्रदर्शन गरिएको हो । अभियानको टोलीले पीडित महत्तालाई उनी उपचाररत विराटनगर स्थित न्यूरो हस्पीटलमा पुगेर भेटघाट पनि गरेको थियो ।

त्यस्तै प्रदेश नं. २ को जनकपुरमा प्रदेश सदस्य जुली महत्तोको उपस्थितीमा जेठ २५ गते सयौं स्थानीयको सहभागिता बीच पनि चलचित्र देखाइएको छ । संस्थाले दुवै जिल्लामा नेपाल सरकारले जारी गरेको बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७२ समेटीएको ब्रोसर पनि वितरण गरेको छ ।

संस्थाले हालसम्म कास्की, पर्वत, काठमाण्डौं, कैलाली, चितवन, मकवानपुर, बारा, धनुषा, सुनसरी र रुपन्देहीका विभिन्न स्थानमा गरी २३ पटक चलचित्र प्रदर्शन गरिसकेको छ ।अगामि १५ वर्षभित्र नेपालबाट बोक्सी कु–प्रथा अन्त्य गर्ने लक्ष्यमा साथ प्रतिष्ठानले आफ्ना गतिविधीलाई तीब्रता दिइरहेको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्ययले बताउनुभयो ।

चलचित्रलाई चाडै नै बीरगंजमा प्रदर्शनको तयारी पनि गरिएकोे छ ।चलचित्र मार्फत प्रस्तुत गरिएको बोक्सी हुदैन भन्ने संदेशलाई आम नेपाली माँझ चाँडो भन्दा चाँडो पु¥याउन जरुरी भएको प्रतिष्ठानले ठहर पनि गरेको छ ।

Facebook Comments