SATURDAY JAN 18, 2025

सामाजिक अध्ययन मञ्च कास्कीमा पुनः पौडेल

सामाजिक अध्ययन मञ्च कास्की को पाँचौं अधिबेसनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा टिकाराम शर्मा, सन्दीप अधिकारी, तिलकप्रसाद काफ्ले, बिष्णु प्रसाद सुबेदी र डिलकुमारी पौडेल चयन भएका छन् । मञ्चका सल्लाहकार दिनेश अर्याल, अम्बर बहादुर कुँवर र राजिब उपाध्याय रहेको निर्वाचन समितिले कार्यसमिति चयन गरेको आजीवन सदस्य विष्ण्ुाहरि पौडेलले जानकारी दिए ।मञ्चको पाँचौं अधिबेसनको शनिवार पोखरा लेखनाथ महानगरपालिका का शिक्षा प्रशासन महाशाखा प्रमुख केदार आचार्यले उद्द्दाटन गर्दै सामाजिक दर्पण ३ को बिमोचन समेत गरे । उपप्राध्यापक अमृत कुमार भण्डारीले सामाजिक दर्पण ३ को समीक्षा गरेका थिए भने अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डोलराज अर्याल, युनिप्स कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, राष्ट्रिय मानबअधिकार आयोग पोखराका कार्यालय प्रमुख नितु गर्तौला, संथापक अध्यक्ष सुर्य गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त अवसरमा राजु गुरुङ, यज्ञराज शर्मा र हरिकुमार श्रेष्ठ लाई सामाजिक अध्ययनका क्षेत्रमा योगदान गरेकामा सम्मान समेत गरिएको थियो । सामाजिक दर्पण ३ सम्पादन मण्डलका संयोजक बोधराज गौतमले धन्यवाद तथा सचिव घनश्याम ओझाले कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा गोबिन्द काफ्लेले स्वागत मन्तब्य राखेका थिए ।

Facebook Comments