TUESDAY SEP 17, 2024

झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाईसीएललाई झुकेर एकता नगर्ने बताएका छन् । सोमवार वाईसीएल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजना भएको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने ‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो । जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’

समसामयिक परिस्थितिमा युबाहरुको भुमिका बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  प्रचण्डले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, बैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले यात्राको क्रममा थकान मार्ने र निरन्तर अगाड़ी बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै संगठनप्रति खुशी ब्यक्त गरे । पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साहप्रति सकारात्मक रहेको बताए ।

Facebook Comments