TUESDAY SEP 17, 2024

यातायात सिण्डिकेट तोड्न भयो ५ बुँदे सहमति

काठमाडौं । यातायात सिण्डिकेट तोड्न सरकार र यातायात व्यवसायीबीच ५ बुँदे  सहमति  भएको छ । आईतबार मध्यरात भएको ५ बुँदे सहमतिको सोमवार  व्यवसायीहरुले सार्वजनीक गरेका हुन् ।

सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी सरकारले सिण्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

यस्तो छ  सरकार र यातायात व्यवसायीबीच भएको ५ बुँदे सहमति

सार्वजनिक यातायात क्षेत्रमा विगत लामो समयदेखि रहेका समस्या, अस्पष्टता, अव्यवस्था र सिण्डिकेटको अन्त्य गरी यस क्षेत्रलाई सक्षम, सुदृढ र प्रभावकारी एवं मर्यादित बनाउँदै देशमा दिगो यातायात मैत्री वाावरण सृजना गर्न भौकि पूर्वाधार तथा यातायात मन्त्रालयमा यस मन्त्रालयका मन्त्री माननीय रघुबीरु महासेठज्यूको उपस्थितिमा मिति २०७५ वैशाख २३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं यातायात व्यवसायी बीच भएको छलफलबाट देहायबमोजिक सहमति भएको छ ।

१. नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिण्डिकेटको स्वरुप अन्त्य-खारेजी गर्ने ।

२. एउटा मात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने ।

३. सम्मानित सर्वोच्च अदालतको रिट नं. ०७१–धय–०४४४ मा भएको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रकृया यथाशीघ्र अगाडि बढाउने

४. यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समिति, २०७४ बाट पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।

५. यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधत्व रहने गरी एक कार्यदल गठन गर्ने

Facebook Comments