Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
बस तथा माइक्रोबसको एकाधिकार तोडियो, अब ट्रकको पालो : गृहमन्त्री – Naulo Khabar
THURSDAY MAR 27, 2025

बस तथा माइक्रोबसको एकाधिकार तोडियो, अब ट्रकको पालो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।

आइतवार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौँ की भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनौ र फर्कन छुट पनि छैन ।”

छलफलमा मञ्चका पदाधिकारीले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शिक्षा, स्वास्थ्य, बैंकलगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

भेटमा मञ्चका पदाधिकारीले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्री थापालाई बधाई दिएका थिए । रासस

Facebook Comments