Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
राजधानीमा प्रयोग भएको कण्डमबाट मदिरा बन्ने गरेको खुलासा – Naulo Khabar
SUNDAY APR 20, 2025

राजधानीमा प्रयोग भएको कण्डमबाट मदिरा बन्ने गरेको खुलासा

राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा पारिएको भाँडोभित्रको कच्चा पदार्थमा कण्डम पनि भेटिएको जानकारी दिनुभयो ।

यसअघि जुत्ता, चप्पल, महिलाले प्रयोग गर्ने भित्री वस्त्र फेला पर्थे भन्दै उहाँले थप्नुभयो, ‘यस पटक एउटा भाँडोमा रहेको कच्चा पदार्थमा अस्थायी साधन कण्डमको पोको नै देखियो । ’राजधानीको बौद्ध, कपन, नयाँबसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वर र बालाजुलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको २४ हजार लिटर दूषित कच्चा पदार्थ बिहीबार टेकुस्थित प्रहरी परिसरभित्र खाल्डोमा पोखेर नष्ट गरिएको छ ।

बरामद मदिराको बजार मूल्य करिब ३० लाख रुपियाँ रहेको परिसर प्रमुख पोखरेलले बताउनुभयो । घरेलु मदिरामा यस्ता घातक र दूषित वस्तु प्रयोग हुने भएकाले घरेलु हिंसा बढेको प्रहरकिो दाबी छ । शुद्धताको अभाव र वैज्ञानिक परीक्षण नै नगरिएको मदिरा मानव स्वास्थ्यका लागि घातक हुने पनि जनाइएको छ । गोरखापत्रबाट

Facebook Comments