डिभाइन क्लबद्धारा युवालाई जीवन उपयोगी सीप प्रशिक्षण

डिभाइन यवा क्लब नेपाल कास्कीको आयोजनामा एक दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण कार्यक्रम पोखराको रामबजार स्थित श्यामा श्याम सत्सङ्गको सभाकक्षमा आज सम्पन्न भयो ।
कार्यक्रममा जिल्ला युवा समिति कास्कीका सचिव नगेन्द्रराज पौडेलले देशमा अधिकांश युवाहरु उचित परामर्श तथा पथप्रदर्शकको अभावले कुलतमा फसेको बताउदै युवाहरुलाई कुलतबाट जोगाउन जीवन उपयोगी सीपहरुमा जोड दिनुपर्ने बताउनुभयो ।
तालिममा प्रशिक्षक भक्तराज रसाइलीले युवाहरुलाई जीवन उपयोगी सीपहरु, तनाव व्यवस्थापन, सिर्जनात्मक सोचाइ सीप, निर्णय गर्ने सीप, लक्ष्य निर्धारण सम्बन्धि सीपहरुबारे प्रशिक्षण दिनुभएकोे थियो । युवाहरुमा जिम्मेवारी वोध एवं कुनै पनि विषयमा नियमित अभ्यास भयो भने लक्ष्य प्राप्ति हुने उहाँले बताउनुभयो । साथै व्यक्तिमा क्षमता छ भने स्वदेशमा नै जस्तोसुकै कार्य गरी अगाडी बढ्न सकिने सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा रोशनी पुरी, नारायण अधिकारी, विद्धत समाज कास्कीका अध्यक्ष बालकृष्ण सुवेदी, श्यामा श्याम सत्सङ्ग रामबजारका अध्यक्ष नारायणबहादुर बानिया र क्लबका अध्यक्ष रुद्रलाल कुँवरले बोल्नुभएको थियो । तालिममा विभिन्न क्षेत्रका ६० जना भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो ।