WEDNESDAY JUN 24, 2026

प्रमुख जिल्ला अधिकारी गुरुङलाई लेखनाथमा स्वागत

कास्कीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघले गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा व्यवसायीले शान्तिपूर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने आशा र विश्वास व्यक्त गरिन् ।

प्रमुख जिल्ला अधिकारी गुरुङले लेखनाथ क्षेत्रकाबारेमा आफू पहिल्यैदेखि जानकार रहेको बताउँदै आगामी दिनमा सम्बन्ध अझै सुमधुर हुने बताए । उनले जिल्लामा लागूपदार्थ दुव्यर्सनी रोक्ने, शान्ति सुरक्षा कायम गराउने विषयमा आफूले सक्दो पहल गर्ने धारणा राखे । गुरुङले व्यवसायीहरूलाई पनि उपभोक्ताको अधिकारका विषयमा, राजश्वका विषयमा ध्यान पु¥याउन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले लामो समयदेखि कुरा उठिरहेको औद्योगिक क्षेत्रका विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले प्रमुख जिल्ला अधिकारी गुरुङ यस क्षेत्रमा परिचित युवा व्यक्तित्व भएको र सरकार पनि त्यही बाटोमा रहेकाले अवसर र चुनौती दुवै रहेको बताए । स्वागत कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

Facebook Comments