MONDAY MAY 18, 2026

चेतन कार्कीको पाँचौ स्मृति दिवस सम्पन्न

हिमाली साँस्कृतिक परिवार, पोखराको आयोजनामा परिवारका प्रमुख संरक्षक वरिष्ठ चलचित्र निर्देशक, साहित्य एवं संस्कृतिविद चेतन कार्कीको पाँचौ स्मृति दिवस सम्पन्न भएको छ।

संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्यद्वय बुद्धिप्रसाद गुरुङ्ग गौरी, सु जसबहादुर गुरुङले उनको फोटोमा फूल अर्पण गरी श्रद्धाञ्जली प्रकट गरे।

हिमाली साँस्कृतिक परिवारको नामाकरण गर्दै परिवारलाई स्थापनाकालदेखि आफ्नो अमूल्य सल्लाह सुझाव साथै यहाँसम्मको उन्नतिको पथमा आइपुग्न नबिर्सिने योगदान रहेको बताए ।

कार्कीसँग सहकार्य गरेका दिन सम्झिँदै संस्थापक सहसचिव देबु थापाले भावुक भएको सभामा परिवारका उपाध्यक्षद्वय श्रीजंग गुरुङ्ग, मनसुबा नेपालीलगायत सचिव डविन गुरुङ्गले श्रद्धासुमन प्रकट गरे।

अध्यक्ष ज्ञानबहादुर थापाले बहुआयामिक व्यक्तित्वको भौतिक शरीर नभए तापनि उनले दिएको नेपाली लोककला, साहित्य, संस्कृतिका ज्ञान, अर्तीृउपदेश र संस्कार सदैव अमर रहने बताए ।

कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य ईश्वरी रानाले सञ्चालन गरेकी थिइन् ।

Facebook Comments