WEDNESDAY MAY 13, 2026

मातापिता प्रतिष्ठानले पार्कसहितको भवन निर्माण गर्ने

मातापिता प्रतिष्ठान स्याङ्जा वालिङले पार्कसहितको भवन निर्माण गर्ने भएको छ । संस्थाको तेस्रो स्थापना दिवसमा आयोजित भेटघाट तथा छलफल कार्यक्रम उक्त जानकारी गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी निलकण्ठ लम्सालले प्रतिष्ठानले लिएका लक्ष्य र कार्यक्रमहरू महत्त्वपूर्ण रहेकाले यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले प्रतिष्ठानको भवनसहितको पार्क निर्माणका लागि वालिङ ११ अमले निवासी चन्द्रकला ढुङ्गानाले वालिङ ११ मा ६ आना जग्गा दान गरेकामा धन्यवाद ज्ञापन गरे ।

उक्त जग्गामा ज्येष्ठ नागरिक पार्क एवम् भवन निर्माणका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा अनुदान माग गरी कार्ययोजनालाई अगाडि बढाउने बताए ।प्रतिष्ठानले आगामी दिनमा आजीवन सदस्यता वितरण, ज्येष्ठनागरिक सम्मान एवम् प्रवचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने लक्ष्य लिएको छ ।

वरिष्ठ उपाध्यक्ष प्रदीप बगाले रेग्मीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार, कार्यसमितिका सदस्य, आजीवन सदस्य र शुभचिन्तकहरूको उपस्थिति थियो ।

Facebook Comments