THURSDAY APR 30, 2026

बेगनास तालमा वार्षिक ४ लाख माछाका भुरा, जलारी समुदायको आयआर्जनमा टेवा

पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल मा माछा उत्पादन वृद्धि र जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्न वार्षिक करिब ४ लाख माछाका भुरा छाडिँदै आएको छ। चालु आर्थिक वर्षको सुरुवातमा करिब ३ हजार भुरा तथा ४२५ केजी माछा तालमा छाडिएको छ।

बेगनासताल मत्स्य व्यवसायी समिति को आयोजनामा र पोखरा महानगरपालिका वडा नं ३१ को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

स्थानीयका अनुसार ताल वरपरका करिब ६० घरधुरीका २०० भन्दा बढी व्यक्तिको मुख्य आम्दानी माछापालनमा निर्भर छ।

सरोकारवालाले यस्तो कार्यक्रमले जैविक विविधता संरक्षणसँगै स्थानीय आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

Facebook Comments